पहाड पल्टाउने डम्बरसिंहः अर्थात नेपाली ‘माउन्टेन म्यान'

SHARE:

१५ फागुन । जब तपाई इलामको माइपोखरीबाट उत्तर-पश्चिमतर्फ मोडिनुहुनेछ, तपाईको आँखामा भारतीय फिल्म ‘माझीः द माउन्टेन म्यान’ को सजीव दृश्य नाच्न थाल्छ । अथवा तपाईलाई याद आउँछ, चिनियाँ लोक उखानमा चर्चित ‘पहाड पल्टाउने मूर्ख बूढो’ को । भारतको विकट गाउँका ‘दशरथ माझी’ले २५ फुट अग्लो पहाड काटेर मोटरबाटो बनाए, पत्नी वियोगको पीडा भुल्न । चट्टाने पहरामा काम गरिरहेको माझीलाई खाना पुर्‍याउन गएकी गर्भवती पत्नी जब ढुंगामा चिप्लिएर ज्यान गुमाइन्, तब दशरथ माझी पहाड छेड्न तम्सिए । उनले निरन्तर २५ वर्ष त्यही ढुंगे पहरामा छिनो र हतौडा चलाइरहे ।

शोकलाई शक्तिमा बदल्दै ९० वर्षीय हजुरबा




१५ फागुन । जब तपाई इलामको माइपोखरीबाट उत्तर-पश्चिमतर्फ मोडिनुहुनेछ, तपाईको आँखामा भारतीय फिल्म ‘माझीः द माउन्टेन म्यान’ को सजीव दृश्य नाच्न थाल्छ । अथवा तपाईलाई याद आउँछ, चिनियाँ लोक उखानमा चर्चित ‘पहाड पल्टाउने मूर्ख बूढो’ को ।

भारतको विकट गाउँका ‘दशरथ माझी’ले २५ फुट अग्लो पहाड काटेर मोटरबाटो बनाए, पत्नी वियोगको पीडा भुल्न । चट्टाने पहरामा काम गरिरहेको माझीलाई खाना पुर्‍याउन गएकी गर्भवती पत्नी जब ढुंगामा चिप्लिएर ज्यान गुमाइन्, तब दशरथ माझी पहाड छेड्न तम्सिए । उनले निरन्तर २५ वर्ष त्यही ढुंगे पहरामा छिनो र हतौडा चलाइरहे । अन्ततः ३६० फुट लामो मोटरबाटो तयार भयो । यो मोटरबाटो नै माझीको विकट गाउँलाई शहरसँग जोड्ने सेतु बन्यो । दशरथ माझीको यही जीवनगाथालाई फिल्मांकन गरिएको छ, माझी द माउन्टेन म्यानमा । नवाजुद्दीन सिद्दीकी अभिनित यो सिनेमा हेरेपछि इलामका डम्बरसिंह सुनुवारको सम्झना ताजा बनेर आउँछ । 



चिनियाँ नेता माओले आफ्नो रचनामा ‘पहाड पल्टाउने मूर्ख बूढो’ को चर्चा गरेका छन् ।

एक वृद्धले निरन्तर पहाड खोस्रिइरहन्छन् । अचम्म मानेर मान्छेले सोध्छन्, यसरी साबेलले एक्लै किन पहाड खोस्रेको ? वृद्धले जवाफ दिन्छन्- यो डाँडाले मेरो घरको घाम छेकेको हुनाले खनेको हुँ ।  प्रश्न उठ्छ- यसरी खनेर पहाड सम्याउन सकिन्छ त ? जवाफ आउँछ- म यसैगरी खनिरहन्छु, मेरा छोराहरुले खन्छन् । सन्तानहरुले खन्छन् । त्यसपछि एक दिन भगवानले सर्लक्कै यो पहाड उठाएर हटाइदिन्छन् । एक्लै पहाड पल्टाइरहेका डम्बरसिंहलाई देख्दा यस्तो लाग्छ- चिनियाँ नेता माओले उधृत गरेका ‘पहाड पल्टाउने मूर्ख बूढो’ यिनै हुन् ।


नेपाली ‘माउन्टेन म्यान'




















यो दृश्य इलाम जिल्लाको हो । ९० हिउँद खेपेको कुप्रो ज्यान । जो, पत्रे चट्टानमाथि छिनो र हथौडाले एकनास ठुंगिरहेको छ । तिनले छाड्दै गएको पदचापमा सुन्दर बाटो छ, सानो जलकुण्ड छ, ढुंगे चौतारो छ, छानोविहीन मन्दिर छ, अनौठो मुहार-आकृति छ । र, नयाँ स्वरुप ग्रहण गर्दै गरेको सिंगै डाँडो छ ।
यो बुकी फूल्ने रुखो डाँडाले अब कस्तो रुप धारण गर्ला ?
यसको खास आकृति केवल डम्बरसिंह सुनुवारको उर्बर मस्तिष्कमा मात्र छ । र, त्यसैलाई साकार रुप दिन हो, उनले रातदिन खटेको । भोक तीर्खा सहेको । चर्को घाम र कठ्यागि्रँदो चिसो झेलेको ।
तिनका खस्रा हातले पटक्कै विश्राम लिएका छैनन् । चाहुरिएर मुजा-मुजा परेको अनुहारमा थकानको कुनै संकेत देखिँदैन । यी बुढा दृढ छन्ः चट्टान फोरेर त्यसमा आफ्ना लालाबालाको आकृति कुँद्न । आफ्नै आँखाको सामुन्ने गोली लागेर रत्ताम्मे भई ढलेका सन्तानलाई उनी जीवन्त तुल्याउन चाहन्छन्, ढुंगामै भए पनि ।
चट्टान फोरिरहेका कुप्रा बा
इलामको माइपोखरीबाट देउराली बजारसम्म जाने एउटा सहायक बाटो छ, जसलाई पछ्याउँदै जाँदा डम्बरसिंह सुनुवार भेटिन्छन् ।
उनी या त चोयाले बनाइएको सानो झकमा माटो भर्दै बाटोको खाल्डा पुरिरहेका हुनेछन्, या धारिलो छिनोले ढुंगा चोइट्याइरहेको अवस्थामा भेटिनेछन् । या त झम्पल र साबेलले एक्लै डाँडो कोट्याइरहेका हुनेछन् । अथवा, मार्तोलको सहारामा पर्खाल ठड्याइरहेका हुनेछन् ।
बिहानको उज्यालो नपोखिँदै सुरु हुने डम्बरसिंहको यस्तो दिनचर्या साँझ साखेजुङमाथिको डाँडाबाट घाम नडुबेसम्म जारी रहन्छ । यो उनको पाँच दशक यताको नियमित दैनिकी हो ।
यो ५० वर्षको अवधिमा उनले एउटा सिंगो डाँडालाई कलात्मक रुप दिइसकेका छन् । कतै मन्दिर बनाएका छन्, कतै घुमाउरो बाटो । कतै ढुंगाको मूर्ति राखेका छन् । कतै शिलालेख छ ।
माइपोखरी-देउराली जोड्ने करिव तीन किलोमिटर बाटो उनैले खिपेका हुन्, जो लगभग डेढ मिटर चौडा छ ।
यही बाटोको मध्यतिर डम्बरसिंहको बासस्थान छ, चित्राले बारेको गोठजस्तो । त्यही अध्याँरो कटेरामा उनले रात गुजार्छन् ।
कटेराको पूर्वतिर एउटा मन्दिर छ, छानो हाल्न बाँकी रहेको । त्यससँगैको ढुंगामा दुई मानव आकृति छन्, ती डम्बरसिंहका दुई दिवंगत छोराछोरीको आकृति हो ।
बीचमा उनले एउटा बमको आकृति पनि कुँदेका छन्, टुईञ्च । ‘यही बम हो’ डम्बरसिंहले झर्को मान्दै सुनाए, ‘कहाँबाट उडेर आयो र आँगनमा खेलिरहेका छोराछोरीलाई लाग्यो । उनीहरु रगतको आहालमा छटपटाउन थाले ।’
यसो भनिरहँदा उनका भासिएको आँखा रसाउन पुग्छन् । ‘छोराछोरी मरेपछि विरक्त लाग्यो’ डम्बरसिंह थप्छन्, ‘अनि उनीहरुकै नाममा यी सब कामहरु गरें, गरिरहेको छु ।’
खाएको स्वाद छैन, लगाएको आनन्द छैन
जब नावालक छोराछोरी गुमाए, त्यहीबेलादेखि हो उनको जिब्रोले मीठो-मसिनोको स्वाद पाउन छाडेको । ‘के मीठो, के नमिठो’ डम्बरसिंह भन्छन्, ‘खाना खान बस्दा छोराछोरी सम्झेर मन नै अमिलो हुन्छ ।’
न उनी राम्रो लगाउँछन्, न रमाइलो गर्छन् । घुम्ने, डुल्ने, रमाइलो गर्ने केही इच्छा बाँकी छैन, उनीसँग ।
मैलोले कलेटी परेको एउटा कोट, फाटेको दौरा-सुरुवाल र ढाका टोपीले वर्षौंदेखि उनको आङ ढाकेको छ ।
साँझ कसरी छाक टार्ने भन्ने चिन्ता छैन, न लुगाफाटोको सौख नै । चार/पाँच गास भात एक छाक खान पाए उनलाई पुग्छ । त्यसैले त हो, उनी अविछिन्न आफ्नो कर्ममा लिन हुन सकेको ।
जिल्ला विकास समिति इलामले उनलाई बस्नका लागि घर बनाइदिएको छ । तर, डम्बरसिंह कटेरोमै बस्छन् ।
‘यहाँ सुतेका बेला छोराछोरीलाई सपनामा देख्छु,’ डम्बरसिंह भन्छन्, ‘उनीहरु मसँग खेल्न आउँछन्, पोखरीमा गएर माछासँग खेल्छन् ।’
अनि पहाड खस्यो

पहाडको कुनामा जीवन बिताइरहेका डम्बरसिंहसँग राजनीतिको कुनै लिनु-दिनु थिएन । तर, त्यही राजनीतिक उथलपुथलले उनको जीवनलाई दुःखान्त मोडमा धकेलिदियो । घटना थियो, २०१८ सालमा नेपाली कांग्रेसले चर्काएको ‘सशस्त्र प्रतिरोध आन्दोलन’को ।
सुवर्णशमसेरको कमान्डमा २०१८ साल मंसीरबाट थालेको सशस्त्र आन्दोलनका क्रममा बिद्रोही र शाही सेनाबीचको गोली हानाहान चलिरहेको थियो ।
डम्बरसिंहका १२ बर्षीय छोरा डिकबहादुर र डेढ बर्षीया छोरी ओममाया आँगनमा खेलिरहेका थिए । त्यहीबेला कतैबाट बत्तिएर आएको बम आँगनमा पड्कियो र आँखै अगाडि दुई छोराछोरीलाई क्षतबिक्षत बनाइदियो । २०१८ माघ २ गतेको यो घटनापछि डम्बरसिंहको खुसी संधैका निम्ति लुटियो । ‘हामी छेवैको बारीमा काम गर्दै थियौं,’ डम्बरसिंहले सम्झिए, ‘हेर्दाहेर्दै नानीहरु रगतपच्छे भएर ढले ।’
यसरी सन्तान गुमाउनुको पीडालाई उनले मनमा संगाल्न सकेनन् । अन्ततः ठूल-ठूला चट्टान फोरेर त्यसैमा आफ्ना मृत नावालक सन्तानको आकृति कुँद्न थाले । यो क्रम अझै जारी छ ।
सबै अधुरो रहला कि ?
शरीर झन्-झन् कुप्रिँदै गएको छ । आँखा मधुरो हुँदै गएका छन् । हातगोडा चाँडै थाक्न थालेका छन् । खिइँदै गएको ज्यानमा तागत हराउँदै गएको छ । यतिबेला उनलाई कताकता डर लाग्छ, ‘कतै आफुले थालेको काम पूरा गर्न नसकिएला कि ?’
‘मन्दिरमा छानो हाल्न बाँकी छ, मूर्तिलाई रंग रोगन गर्न पाएकै छैन’ डम्बरसिंह सुनाउँछन्, ‘कतै कामै पूरा नगरी मरिने पो हो कि ?’
शोकलाई शक्तिमा


राजनीतिक दलहरुले भाषणमा दोहोर्‍याइरहन्छन्, ‘शोकमा शक्तिलाई बदल्नुपर्छ ।’ तर, कसरी ? उनीहरुसँग जवाफ छैन । जवाफ छ त, डम्बरसिंहसँग ।
यदि सन्तान वियोगकै पीडामा रुमल्लिएका भए उनले यति धेरै कर्म गर्ने थिए होलान् ? यति सुन्दर रचना गर्ने थिए होलान् ?
सन्तान वियोगको पीडा भुल्न उनले आफूलाई त्यही काममा खर्चिए, जसले उनलाई सिजर्नशील बनायो । डम्बरसिंहको जीवनबाट के पनि आँकलन गर्न सकिन्छ भने, एउटा मान्छेले जीवनभर आफ्नो ऊर्जा राम्रो काममा खर्चियो भने कतिसम्म गर्न सक्छन् ।
जुन राजनीतिक उथल-पुथलले डम्बरसिंहलाई यसतर्फ डोहोर्‍यायो, त्यही राजनीतिको नसामा लट्ठीएका तन्नेरीहरु अझै नेताको घर-दैलो चाहर्दैमा आफ्नो उर्बर समय व्यर्थ नष्ट गरिरहेका पो होलान् कि ?
Name

Agriculture,6,Ayushman Desraj Shrestha Joshi,1,Banks in Nepal,1,CHHAKKA PANJA,1,Commercial Banks in Nepal,1,Corporate,5,Dayahang Rai,3,Deepak Raj Giri,1,Development Bank in Nepal,1,Dhangadhi,1,Economy,5,Education,2,Election,47,Entertainment,7,Featured,35,Filmy Khabar,1,Finance Companies in Nepal,1,Futsal,1,GAJALU,1,Harke Haldar,1,History of Money,1,Interesting,1,Jhapa,1,Kailali,1,Kantipur TV,1,Kathmandu,1,Ke Jamana Aa,1,Keki Adhikari,1,Lifestyle,8,Live TV,1,Loot 2,3,Love Sasha,1,Lumbini,1,Maya Basyo Hai,1,Micro Credit Development Banks,1,Motu Patlu,1,National,43,Ncell,1,Nepali Movie,4,Nepali Prank,40,Nepali TV Show,5,News,56,Paul Shah,1,Peace Corps,1,Politics,8,Postal Codes Nepal,1,Priyanka Karki,3,Raju Gauchan,1,Rupandehi,1,Saptari,12,Selfie 2,1,Siraha,1,Sports,5,Sunsari,1,Technology,13,Teej 2074,1,Trailer,1,Video Songs,16,Views,1,WHITE SUN,1,World,9,Yama Buddha,1,
ltr
item
Lumbini Media - Nepali News and Entertainment Portal, Daily Nepali News Updates From Lumbini, Nepal: पहाड पल्टाउने डम्बरसिंहः अर्थात नेपाली ‘माउन्टेन म्यान'
पहाड पल्टाउने डम्बरसिंहः अर्थात नेपाली ‘माउन्टेन म्यान'
१५ फागुन । जब तपाई इलामको माइपोखरीबाट उत्तर-पश्चिमतर्फ मोडिनुहुनेछ, तपाईको आँखामा भारतीय फिल्म ‘माझीः द माउन्टेन म्यान’ को सजीव दृश्य नाच्न थाल्छ । अथवा तपाईलाई याद आउँछ, चिनियाँ लोक उखानमा चर्चित ‘पहाड पल्टाउने मूर्ख बूढो’ को । भारतको विकट गाउँका ‘दशरथ माझी’ले २५ फुट अग्लो पहाड काटेर मोटरबाटो बनाए, पत्नी वियोगको पीडा भुल्न । चट्टाने पहरामा काम गरिरहेको माझीलाई खाना पुर्‍याउन गएकी गर्भवती पत्नी जब ढुंगामा चिप्लिएर ज्यान गुमाइन्, तब दशरथ माझी पहाड छेड्न तम्सिए । उनले निरन्तर २५ वर्ष त्यही ढुंगे पहरामा छिनो र हतौडा चलाइरहे ।
https://4.bp.blogspot.com/-AhS_A2MroxU/WLOKY2w6QSI/AAAAAAAABn8/YfQ-CDa4ucYk-fwoNAcbkwXdqQTGJF6bgCLcB/s640/Damber-Sing-Nepali-Mountain-Man.jpg
https://4.bp.blogspot.com/-AhS_A2MroxU/WLOKY2w6QSI/AAAAAAAABn8/YfQ-CDa4ucYk-fwoNAcbkwXdqQTGJF6bgCLcB/s72-c/Damber-Sing-Nepali-Mountain-Man.jpg
Lumbini Media - Nepali News and Entertainment Portal, Daily Nepali News Updates From Lumbini, Nepal
http://www.lumbinimedia.com/2017/02/nepali-mountain-man-dambar-singh.html
http://www.lumbinimedia.com/
http://www.lumbinimedia.com/
http://www.lumbinimedia.com/2017/02/nepali-mountain-man-dambar-singh.html
true
3745810800421374615
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy