किलोको १ हजार रुपैयाँमा बिक्ने मरिचखेती यसरी गरौ

SHARE:

मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम(Piper nigrum) हो जुन पिपरेसी (piperaceae) परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ । यो वालीमा मुख्य तत्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँदछ । सामान्यतया हामीले प्रयोग गर्ने गरेको मरिच पाकेर सुकाइएको हुन्छ जसलाई peppercorn भनिन्छ ।


मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम(Piper nigrum) हो जुन पिपरेसी (piperaceae) परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ । यो वालीमा मुख्य तत्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँदछ । सामान्यतया हामीले प्रयोग गर्ने गरेको मरिच पाकेर सुकाइएको हुन्छ जसलाई peppercorn भनिन्छ ।
बानस्पतिक हिसावले मरिच झाङ जस्तो बोट, प्रयोग गरिने फललाई ड्रुप(drupe) भनिन्छ जसमा सिङ्गो बीयाँ हुन्छ । यसका प्रयोग गरिने मुख्य अवस्थाहरु यसप्रकार छन्:
कालो मरिच – पकाएर सुकाएको फल
हरियो मरिच – सुकाएको काचोँ फल
सेतो मरिच – पाकेको फलको बियाँ

उत्पत्ति र फैलावट

मरिच दक्षिणी भारततिर उत्पत्ति भएको मानिन्छ तर उष्ण प्रदेशिय मुलुकहरुमा जताततै खेती गरिएको देख्न सकिन्छ । विश्वमा भियतनाम, भारत, ब्राजिल, इन्डोनेशिया, मलेशिया, श्रीलङ्का र चीनमा यसको व्यावसायिक रुपमा उत्पादन गरिन्छ । हालको तथ्याङ्क हेर्ने हो भने भियतनाम विश्वकै सवभन्दा ठूलो उत्पादक र निर्यात गर्ने देश हो जसले विश्वको ३४ प्रतिशत मरिच उत्पादन गर्छ । नेपालमा यसको खेती मोरङ, सूनसरी, झापा, रामेछाप र लमजुङमा गरेको पाइन्छ ।

उपयोगिता

कालो मरिचको प्रयोग विभिन्न परिकारमा मसला, आयुर्वेदिक औसधि जस्तै खाना पचाउने, भोक जगाउने, खोकीको उपचार, श्वासप्रश्वास र मुटु रोगको लागि प्रयोग गरिन्छ साथै दनत मञ्जन तथा टुथपाउडरमा पनि प्रयोग गरिन्छ ।

उन्नत जातहरु

विश्वमा अत्यधिक प्रयोग गरिएका जातहरुमा वेलानकोट्टा, कोट्टानादन, कल्लुवली, ,पन्नियूर, चेरियाकानियाककाडन र कोरिमुण्डा आदि पर्छन । चेरियाकानियाककाडान र कोट्टानदान गुणस्तरीय मानिन्छन् भने पन्नियूर हाइब्रिड जात हो ।

मौसम(हावापानी, तापक्रम र प्रकाश)

मरिच न्यानो, आद्र्र हावापानी र बढी वर्षामा हुने, उष्ण प्रदेशिय बाली हो । पहाडी क्षेत्रको न्यानो तथा बढी आद्रता भएको ठाउँमा पनि यसको खेती गर्न सकिन्छ । समुद्री सतहदेखि १५०० मिटर सम्म खेती गर्न सनिे यो वालीलाई २००० देखि ३००० मिमि पानी चाहिन्छ भने सापेक्षित आद्र्रता ६०–९५ % उपयुक्त हुन्छ । मरिच बृद्धिको लागि २३–३५ डिग्री सेल्सियसको तापक्रम चाहिन्छ । यसले १० डिग्री सेल्सियस भन्दा कम तापक्रम सहन सक्दैन । मरिचलाई लामो वा छोटो दिनले फरक पार्दैन तर उपयुक्त प्रकाश पाएन भने ५० % सम्म उत्पादन घट्न सकछ ।

माटो

निकासको राम्रो व्यवस्था भएको, केही भिरालो, हलुका चिम्ट्याइलो वा बलौटे माटो उपयुक्त हुन्छ । पि एच मान ४.५–६ सम्म भएको पूर्वी मोहडा भएको जमिन चाहिन्छ ।

प्रसारण

 माउ बोटको रोजाइ :

  •  जातीय विशेषता राम्रो भएको र बढी उत्पादन दिने विरुवा छान्नुपर्छ ।
  •   ३ बर्ष लगातार फल दिएको वा एक बर्ष राम्रो उत्पादन दिएको बोट छान्नुपर्छ ।
  •   कलमीको लागि ५ देखि १० वर्ष उमेर पुगेको बोट उपयुक्त मानिन्छ ।

 प्रसारण गर्ने तरिका :

  •  लैंगिक प्रसारण( बीउ)
  •  वानस्पतिक प्रसारण

१.लैङ्गिक प्रसारण

पाकेको मरिचको गेडालाई २४ घण्टासम्म पानीमा भिजाउने र गाईको गोबरसँग मिसाएर रामरी रगड्नुपर्छ । अनि पखालेर तयार भएको बीउलाई नर्सरी ब्याडमा रोपिन्छ । यो ३० दिनभित्र उम्रिन्छ र ४५ दिनभित्र रोप्नको लागि तयार हुन्छ । यसमा मुख्य ध्यान दिनुपर्ने कुरा ने हो भने बी टिपेको २० दिनपछि उमारशक्ति गुमाउँछ ।यो प्रविधिलाई कृषकस्तरमा व्यावसायिक खेतीको लागि राम्रो मानिदैंन ।

२.वानस्पतिक प्रसारण

व्यावसायिक रुपमा राम्रो मानिन्छ । मरिचलाई कलमी, वडिङ, ग्राफटिङ, कटिङ(जरा र काण्ड) द्वारा प्रसारण गरिन्छ । माघ फागुनतिर माउबोटबाट २–३ ओटा आँख्ला भएको हाँगा काछेर रोपिन्छ । कलमीलाई चाहिँदो छाया र पानी दिनुपर्छ । यी कटिङहरु बैशाख जेठतिर प्रसारण गरिन्छ । सुरुसुरुमा(८–१५ बर्ष) राम्रो उत्पादन दिएपनि पछि बिस्तारै बिरुवाको उत्पादन घट्दै जान्छ ।

रोप्ने तरिका

नेपालमा बर्षायाम सुरु भएपछि २–३ वटा जरा भएको मरिचको बोट(cutting) सहारा दिने विरुवाको उत्तरतर्फ रोप्नुपर्छ जसले गर्दा बिरुवाले पर्याप्त प्रकाश पाउँछ । प्रत्येक कलमीमा ४–५ ओटा आँख्ला हुनुपर्छ । जरा पलाउनको लागि कम्तीमा एक आँख्ला÷टुसा जमिनभित्र हुनुपर्छ ।

विरुवाको दूरी र आडको व्यवस्थापन

बिरुवाहरुबीच २.५ मि. र लाइनहरुबीच २.५ मि. को दूरी कायम गरिन्छ जसले गर्दा आड र झाङ्गिनको लागि पर्याप्त ठाउँ पुगोस । आडको लागि अन्य बिरुवाहरु, सिमेन्टको पिलर, काठको पोल, फलामे तार आदि प्रयोग गर्न सकिन्छ ।

मलखादको प्रयोग

उचित र सन्तुलित मात्रामा मलखाद प्रयोग गर्नुपर्छ जसले दिगो समयसम्म बिरुवाको वृद्धि, बिकास र उत्पादन कायम राखोस् । मरिचलाई १०० ग्राम नाइट्रोजन, ४० गा्रम फस्फोरस, ४० ग्राम पोटास प्रतिबोट प्रतिबर्ष राख्न सिफरिस गरिएको छ । मलखाद प्रयोग गर्दा उपयुक्त मलको स्रोत, मात्रा, समय र ठाउँमा हाल्नुपर्छ । रोपेको पहिलो बर्ष एक तिहाइ, दूई बर्षे बिरुवाको लागि दूई तिहाई र तेस्रो बर्ष पुरै सिफारिसअनुसार मल हाल्नुपर्छ । मल हाल्दा फेदबाट ३० से मि टाढा, १५ से मि गहिरो कुलेसोमा हाल्नुपर्छ । कम्पोष्ट मल १० के जी प्रतिबोटको दरले हाल्नुपर्छ ।

सिचाँइ र मल्चिङ

चिस्यानबिना मरिच बाँच्न नसक्ने भएकाले यदि सुख्खा मौसम छ भने २ ३ हप्ताको एक चोटि सिचाँइ दिनुपर्छ । चिस्यानको लागि र चिस्यान जोगाइराख्न मल्चिङ गर्न सकिन्छ ।

काँटछाँट

विरुवालाइ सही आकार दिन र रोगमुक्त राख्नुका साथै स्वस्थता र उत्पादकत्व कायम गर्न काँटछाँट जरुरी हुन्छ । जव विरुवा १ मि लामो हुन्छ तलको पात हटाइदिनुपर्छ । उपयुक्त छहारी र सहारा दिन तथा रोग र किराहरुबाट जोगाउन घरेलु उपकरणहरुले काँटछाँट गर्न सकिन्छ ।

बाली टिपाइ र उत्पादन

मरिचको गेडा पहेंलिएर एउटा झुप्पामा १ २ ओटा गेडा रातो भइसकेपछि टिपेर, सुकाएपछि गेडा छुट्याइन्छ। त्यसपछि केही दिन सुख्खा ठाउँमा, घाममा सुकाउने अनि गेडा चाउरिएर कालो भएपछि भण्डारण गरिन्छ । तराइमा मंसिरदेखि पौषसम्म र पहाडमा पौषदेखि फागुनसम्म टिपिन्छ ।
साधारणतया १०० के जी हरियो मरिचको २६–३९ के जी सम्म सुकेको करिच पा्रप्त हुन्छ । यसको उत्पादकत्व २७५ के जी प्रति हेक्टर उत्पादन भएको पाइन्छ ।

झुप्पा झर्ने समस्या

माटोमा सुक्ष्म खाद्दतत्वको कमी, प्रतिकुल मौसम, वंशाणुगत गुण तथा रोगको कारणले यो समस्या देखा पर्न सक्छ ।

COMMENTS

Name

Agriculture,6,Ayushman Desraj Shrestha Joshi,1,Banks in Nepal,1,CHHAKKA PANJA,1,Commercial Banks in Nepal,1,Corporate,5,Dayahang Rai,3,Deepak Raj Giri,1,Development Bank in Nepal,1,Dhangadhi,1,Economy,5,Education,2,Election,47,Entertainment,7,Featured,35,Filmy Khabar,1,Finance Companies in Nepal,1,Futsal,1,GAJALU,1,Harke Haldar,1,History of Money,1,Interesting,1,Jhapa,1,Kailali,1,Kantipur TV,1,Kathmandu,1,Ke Jamana Aa,1,Keki Adhikari,1,Lifestyle,8,Live TV,1,Loot 2,3,Love Sasha,1,Lumbini,1,Maya Basyo Hai,1,Micro Credit Development Banks,1,Motu Patlu,1,National,43,Ncell,1,Nepali Movie,4,Nepali Prank,40,Nepali TV Show,5,News,56,Paul Shah,1,Peace Corps,1,Politics,8,Postal Codes Nepal,1,Priyanka Karki,3,Raju Gauchan,1,Rupandehi,1,Saptari,12,Selfie 2,1,Siraha,1,Sports,5,Sunsari,1,Technology,13,Teej 2074,1,Trailer,1,Video Songs,16,Views,1,WHITE SUN,1,World,9,Yama Buddha,1,
ltr
item
Lumbini Media - Nepali News and Entertainment Portal, Daily Nepali News Updates From Lumbini, Nepal: किलोको १ हजार रुपैयाँमा बिक्ने मरिचखेती यसरी गरौ
किलोको १ हजार रुपैयाँमा बिक्ने मरिचखेती यसरी गरौ
मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम(Piper nigrum) हो जुन पिपरेसी (piperaceae) परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ । यो वालीमा मुख्य तत्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँदछ । सामान्यतया हामीले प्रयोग गर्ने गरेको मरिच पाकेर सुकाइएको हुन्छ जसलाई peppercorn भनिन्छ ।
https://1.bp.blogspot.com/-vDk3R_A8P1Y/WMGBIgM_IqI/AAAAAAAAB-g/jZ_pW4LV2GYUgabzH6ogjhPiM_nvw45BQCK4B/s640/piperaceae.jpg
https://1.bp.blogspot.com/-vDk3R_A8P1Y/WMGBIgM_IqI/AAAAAAAAB-g/jZ_pW4LV2GYUgabzH6ogjhPiM_nvw45BQCK4B/s72-c/piperaceae.jpg
Lumbini Media - Nepali News and Entertainment Portal, Daily Nepali News Updates From Lumbini, Nepal
http://www.lumbinimedia.com/2017/03/03092017_9.html
http://www.lumbinimedia.com/
http://www.lumbinimedia.com/
http://www.lumbinimedia.com/2017/03/03092017_9.html
true
3745810800421374615
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy