भदौदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने, के–के काम गर्छ यसले ? यस्तो हुनेछ राष्ट्रिय परिचयपत्र

SHARE:

काठमाडौं, चैत ३ —हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र आगामी छ महिनाभित्र वितरण हुने भएको छ।


काठमाडौं, चैत ३ —हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र आगामी छ महिनाभित्र वितरण हुने भएको छ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका इन्जिनियर राम थापाले राष्ट्रिय परिचयको डिजाइनको काम अन्तिम चरणमा पुगिसकेको बताउँदै अबको छ महिनाभित्र राष्ट्रिय परिचय वितरण गरिने जानकारी दिए। उनका अनुसार, भदौ महिनाको पहिलो हप्ता सिंहदरबारभित्र कार्यरत सात हजार कर्मचारीलाई परिचयपत्र वितरण गरिनेछ ।
राष्ट्रिय परिचयपत्र निर्माणका लागि बोलपत्र आह्वान गरी फ्रान्सको ‘सफरान आइडेन्टिटी एण्ड सेक्युरिटी कम्पनी’ लाई छनोट गरिएको थियो। एसियाली विकास बैङ्क (एडीबी) को झन्डै ८४ करोड रुपियाँ आर्थिक सहयोगमा यो कार्य सञ्चालनमा छ ।
उनले अबको दुई महिनाभित्र राष्ट्रिय परिचयपत्र प्रणालीको स्थापना भई त्यसको छ महिना महिनाभित्र एक लाख १७ हजार नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने जानकारी दिए।उनका अनुसार, एक लाख १७ हजारमध्ये सात हजार सिंहदरबारभित्रका कार्यालयका कर्मचारीहरूलाई वितरण गरिनेछ भने बाँकी एक लाख दश हजार परिचयपत्र निर्वाचन आयोगको तथ्याङ्कलाई हेरेर कुनै एक जिल्ला छनोट गरी वितरण गरिनेछ। उनले जिल्लाको छनोट भने अझै नभएको जानकारी दिए। राष्ट्रिय परिचयपत्र निःशुल्क वितरण गरिने जानकारीसमेत उनले दिए।
दुई वर्ष अघि २०७१ माघ १४ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयले स्वीकृत गरेको ढाँचाअनुसार केन्द्रले परिचयपत्रको डिजाइन तयार गरेको इन्जिनियर थापाले जानकारी दिए। उनका अनुसार, कार्डको भित्री र बाहिरीपट्टि क्रमशः सगरमाथा र नेपालको मानचित्र अङ्कित हुनेछन् । परिचयपत्र वितरणको सम्पूर्ण कार्य चार चरणमा सम्पन्न हुने बताउँदै उनले दोस्रो चरणमा १५ जिल्ला, तेस्रो चरणमा २५ जिल्ला र चौथो चरणमा बाँकी सबै जिल्लामा परिचयपत्र वितरण गरिने जानकारी दिए।
उनका अनुसार, सुरुमा यो परिचय पत्रलाई ‘जी टु जी’(सरकारदेखि सरकारसम्म) र त्यसपछि ‘जी टु सी’ (सरकारदेखि जनतासम्म­) पु¥याइने नीति छ । चिप्स र युनिकोडसहितको यो परिचयपत्रमा सम्बन्धित व्यक्तिको हातका दशवटै औँलाको प्रिन्ट, अनुहार तथा आँखाको माइक्रो स्क्यान जडित हुने भएकाले कुनै पनि व्यक्तिको आधिकारिक पहिचान खुलाउन यो परिचयपत्र अहिलेसम्मकै सबभन्दा भरपर्दो साधन साबित हुने विश्वास गरिएको छ ।
यो परिचयपत्रले व्यक्तिको राहदानी, जमिनको स्वामित्व, करदाता सूचना, आर्थिक कारोबारका विवरणलाई समेत प्रमाणित गर्नेछ। यो परिचयपत्रले मुलुकको सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्न सहयोग पुग्नुका साथै नेपाली, गैरआवासीय नेपाली तथा विदेशीको तथ्याङ्कलाई यकिन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ आजको गोरखापत्र दैनिकमा समाचार छ ।

COMMENTS

Name

Agriculture,6,Ayushman Desraj Shrestha Joshi,1,Banks in Nepal,1,CHHAKKA PANJA,1,Commercial Banks in Nepal,1,Corporate,5,Dayahang Rai,3,Deepak Raj Giri,1,Development Bank in Nepal,1,Dhangadhi,1,Economy,5,Education,2,Election,47,Entertainment,7,Featured,35,Filmy Khabar,1,Finance Companies in Nepal,1,Futsal,1,GAJALU,1,Harke Haldar,1,History of Money,1,Interesting,1,Jhapa,1,Kailali,1,Kantipur TV,1,Kathmandu,1,Ke Jamana Aa,1,Keki Adhikari,1,Lifestyle,8,Live TV,1,Loot 2,3,Love Sasha,1,Lumbini,1,Maya Basyo Hai,1,Micro Credit Development Banks,1,Motu Patlu,1,National,43,Ncell,1,Nepali Movie,4,Nepali Prank,40,Nepali TV Show,5,News,56,Paul Shah,1,Peace Corps,1,Politics,8,Postal Codes Nepal,1,Priyanka Karki,3,Raju Gauchan,1,Rupandehi,1,Saptari,12,Selfie 2,1,Siraha,1,Sports,5,Sunsari,1,Technology,13,Teej 2074,1,Trailer,1,Video Songs,16,Views,1,WHITE SUN,1,World,9,Yama Buddha,1,
ltr
item
Lumbini Media - Nepali News and Entertainment Portal, Daily Nepali News Updates From Lumbini, Nepal: भदौदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने, के–के काम गर्छ यसले ? यस्तो हुनेछ राष्ट्रिय परिचयपत्र
भदौदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने, के–के काम गर्छ यसले ? यस्तो हुनेछ राष्ट्रिय परिचयपत्र
काठमाडौं, चैत ३ —हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गरी सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याउन लगिएको राष्ट्रिय परिचयपत्र आगामी छ महिनाभित्र वितरण हुने भएको छ।
https://3.bp.blogspot.com/-8azwbldjJKc/WMoFwyB_S8I/AAAAAAAACDw/YvkXRl0Mj_0ECjwv5ppFXC4B_hDkckVBwCK4B/s640/government-issued-id-card-of-nepal.jpg
https://3.bp.blogspot.com/-8azwbldjJKc/WMoFwyB_S8I/AAAAAAAACDw/YvkXRl0Mj_0ECjwv5ppFXC4B_hDkckVBwCK4B/s72-c/government-issued-id-card-of-nepal.jpg
Lumbini Media - Nepali News and Entertainment Portal, Daily Nepali News Updates From Lumbini, Nepal
http://www.lumbinimedia.com/2017/03/nepal-national-id-card-news.html
http://www.lumbinimedia.com/
http://www.lumbinimedia.com/
http://www.lumbinimedia.com/2017/03/nepal-national-id-card-news.html
true
3745810800421374615
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy